सिरियाको पूर्वी गुटामा क्लोरिन ग्यास आक्रमण,थुप्रै घाइते

By:Maitri News Published Date: ३० पुष २०७४, आईतवार १०:३७ at ३० पुष २०७४, आईतवार १०:३७ Breaking News Main, International, Mobile News, Mobile-Top-Ad-Slider

सिरिया । सिरियाको राजधानी दमासकसको बाहिरी इलाकास्थित घेराबन्दीमा रहेको विद्रोही नियन्त्रित क्षेत्रमा क्लोरिन ग्यास हमला गरिएको छ। आक्रमणमा थुप्रै घाइते भएका छन् ।

दैनिक बमबारी हुने गरेको पूर्वी गुटा क्षेत्रमा क्षेप्यास्त्र आक्रमणपछि क्लोरिन ग्यासको गन्ध आएको छ।

स्वास्थ्यकर्मीले ६ जनालाई श्वासप्रश्वाससम्बन्धी सामान्य समस्या भएपछि उपचार गरिएको बताएका छन्।
करिब ४ लाख स्थानीयबासिन्दा रहेको उक्त क्षेत्र सन् २०१३ यता रूसको समर्थन पाएको सरकारी फौजको घेराबन्दीमा रहिआएको छ।

Related Post