साहित्यकार मनु ब्राजाकीको निधन

By:Maitri News Published Date: १९ माघ २०७४, शुक्रबार १२:४९ at १९ माघ २०७४, शुक्रबार १२:४९ Literature, Mobile News, Mobile-Top-Ad-Slider

काठमाडौँ । साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहनुभएन । उहाँको शुक्रबार बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिनुभयो । मस्तिष्क शिरोघातबाट पीडित उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उहाँ नेपाली गजल लेखनमा पनि सिद्धहस्त हुनुहुन्थ्यो ।

Related Post