पानी र जमिनमा अवतरण गर्ने विमान

By:Maitri News Published Date: १६ फाल्गुन २०७४, बुधबार १४:५८ at १६ फाल्गुन २०७४, बुधबार १४:५८ Amazing World, Main News, Mobile News, Mobile-Top-Ad-Slider

चीनले जमिन र पानी दुवैमा अवतरण तथा उडान गर्नसक्ने संसारकै सबैभन्दा ठूलो विमान बनाएको छ । यो विमानको सफलतापूर्वक परीक्षण उडान गरिएको छ । लगभग बोइङ ७३७ को आकारको उक्त एजी ६०० विमानमा चारवटा इन्जिन छन् । यो विमानले ५० जना यात्रु बोक्न सक्ने र १२ घण्टासम्म उड्न सक्ने बताइएको छ । यो विमानलाई आगलागी नियन्त्रण तथा सामुद्रिक दुर्घटनाहरुमा उद्धारका लागि प्रयोग गरिने छ । कुनलोङ नामक यो विमान सैन्य प्रयोजनका लागि पनि उपयोगी हुने ठानिएको छ ।

Related Post