भोकमुक्त अभियान

By:Maitri News Published Date: १ चैत्र २०७४, बिहीबार १५:४७ at १ चैत्र २०७४, बिहीबार १५:४७ Amazing World, Mobile News, Mobile-Top-Ad-Slider


भारतको केरलामा भोकमुक्त अभियानका लागि रेस्टुरेन्ट खुलेको छ । केरलाको अलप्पुझा जिल्लामा खोलिएको यस रेस्टुरेन्टमा इच्छा लागेको पेटभरी खान पाइन्छ तर पैसाचाहिँ आफूसक्दो तिरे पुग्छ । यदि पैसा छैन भने नतिरे पनि हुन्छ । यो रेस्टुरेन्टको नाम जनता भोजनालय राखिएको छ । यो रेस्टुरेन्ट राज्य सरकारको वित्तीय संस्थाको सीएसआर फन्डबाट सञ्चालित छ । वित्तमन्त्री थोमस इसाकले यो भोकमुक्त अभियान पूरै राज्यभर विस्तार गरिने आफ्नो बजेट घोषणामै बताएका छन् ।

Related Post