वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

By:Maitri News Published Date: २० चैत्र २०७४, मंगलवार १२:५७ at २० चैत्र २०७४, मंगलवार १२:५७ Entertainment

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पत्नी वियोग बेहोरेपछि यतिबेला मनोरञ्जन क्षेत्र भावुक भएको छ । सबैभन्दा बढी भावुक हरिवंश आचार्य भएका छन् ।

महजोडी भएपछि हरिवंश मदनकृष्ण परिवारसंग सबैभन्दा नजिक थिए । आफै पनि पहिले पत्नी वियोग बेहोरेका हरिवंशलाई त्यतिबेला सबैभन्दा बढी ढाढस मदनकृष्णले नै दिएका थिए ।

सामाजिक संजालमा हरिवंशले लेखेका छन्, ‘आदरणिय मदन दाइको धर्मपत्नी यसोदा भाउजु हामी माझ रहनुभएन । भाऊजु प्रति हार्दिक श्रद्दान्जली । हामी सब्बै सधैं झै मदन दाईको साथमा छौं ।’

मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको सोमबार राति १०ः४५ बजे हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो ।
उनको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।

Related Post