मेकानिकको काम गर्ने राजा

By:Maitri News Published Date: २१ चैत्र २०७४, बुधबार १४:२० at २१ चैत्र २०७४, बुधबार १४:२० Amazing World

 
अफ्रिकाका दुई राज्यका राजाले जर्मनीमा मेकानिकको काम गर्छन् । उनले स्काइपबाट आफ्नो राजकाज चलाउँछन् । ७० वर्षीय राजा सिफस बन्साह टोगा र घानाअन्तर्गत पर्ने दुई राज्यका बादशाह हुन् । उनले जर्मनीकमा कार मर्मतको काम गर्छन् । उनको जन्म घानामा भएको हो राजा नियुक्त हुनुअघि नै उनी सन् १९७० मा जर्मनी प्रवेश गरेका थिए । उनको राज्य पूर्वोत्तर घाना र टोगाको सीमा क्षेत्रमा पर्छ । त्यहाँ तीन लाख मानिस बस्दछन् । जर्मनीमा बसेर शासन गर्ने उनी जनतामाझ लोकप्रिय छन् ।

Related Post