बलिउड अभिनेता खान जनावरको सिकार मुद्दामा दोषी ठहर

By:Maitri News Published Date: २२ चैत्र २०७४, बिहीबार १३:४३ at २२ चैत्र २०७४, बिहीबार १३:४३ Entertainment, Mobile News, Mobile-Top-Ad-Slider

 

 

नयाँदिल्ली । भारतको एउटा अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको सिकार गरेको सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।

खानले दुईवटा कालो हरिणलाई एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिम राज्य राजस्थानमा मारेका थिए।

उक्त अभियोग लागेका अन्य चार अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ।

खानले अब १ देखि ६ वर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुनसक्छ।

तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन्।

खानविरुद्ध मुद्दा लागेर दोषी ठहर भइ कानुनी झमेलामा पर्नुपरेको यो पहिलोपटक हो।

यसअघि सन् २००२ मा एकजना घरबार विहीन व्यक्तिलाई गाडीले हानेर भागेको मुद्दामा खानले अदालतबाट सन् २०१५ मा छुटकारा पाएका थिए।

Related Post