स्वाजिल्यान्डको नाम परिवर्तन

By:Maitri News Published Date: ७ बैशाख २०७५, शुक्रबार १०:३२ at ७ बैशाख २०७५, शुक्रबार १०:३२ Amazing World, Mobile News, Mobile-Top-Ad-Slider

 

अफ्रिकी मुलुक स्वाजिल्यान्डका राजाले देशको नाम परिवर्तन गरेका छन् । अफ्रिकाको अन्तिम साम्राज्य स्वाजिल्यान्डका राजा मस्वाती तृतीयाले देशको नाम परिवर्तन गरी द किङडम अफ इस्वातिनी राख्ने घोषणा गरेका हुन् । देशको स्वतन्त्रताको ५० औँ वर्षगाँठमा आयोजित कार्यक्रममा राजाले देशको नाम परिवर्तन गरिएको आधिकारिक घोषणा गरेका हुन् । इस्वातिनीको अर्थ स्वाजिया भूमि हो । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घ सम्बोधन गर्दा र सन् २०१४ मा देशको संसद्लाई सम्बोधन गर्दा उनले उक्त नाम प्रयोग गरेका थिए । सोभुजा द्वितीयाका छोरा मस्वातीका १५ वटी श्रीमती छन् । उनका पिताले ८२ वर्ष शासन गर्दा १२५ वटा श्रीमती बनाएका थिए ।

Related Post