गेलको ब्याटिङ उत्कृष्ठ

By:Maitri News Published Date: ७ बैशाख २०७५, शुक्रबार १२:३२ at ७ बैशाख २०७५, शुक्रबार १२:३२ Mobile News, Mobile-Top-Ad-Slider, Sports

काठमाडौं । सनराइजर्स हैदराबादविरुद्ध मोहालीमा विस्फोटक ब्याटिङ गरेका क्रिस गेलको यो बयानले यदि कसैलाई घमण्ड लाग्छ भने शायद उसले गेलको ब्याटिङ हेरेका छैनन् ।

म्यान अफ म्याचको पुरस्कार लिनु मात्र तीन मिनेटअघिसम्म मोहालीमा उनको ब्याट जर्गिरहेको थियो र बलरहरु लुक्ने ठाउँ खोजिरहेका थिए । ६६ बलको सामना गरेका उनले ११ छक्का र एक चौकाको मलतमा अविजित १०४ रन बनाए ।

उनकै पारीको बलमा किंग्स इलाभेन पञ्जाबले सनराइजर्स हैदराबादको जितको रथ रोकेको थियो ।

आईपीएल २०१८ मा कुनै पनि ब्याट्सम्यानको यो पहिलो शतक हो ।

गेलले सहवागको नाम त्यसै लिएका होइनन् । टी–२० मा विस्फोटक ब्याट्सम्यान भएपनि यो सिजनको अक्सनमा उनमाथि कुनै पनि टिमले बोली लगाएका थिएनन् ।

पछि पञ्जाबले उनलाई २ करोडको न्यूनतम मूल्यमा टिममा आवद्ध गरेको थियो र सहवाग टिमका मेन्टर हुन् ।

गेलले सहवागको नाम लिँदै भनेका छन्, ‘वीरुले एक अन्तरवार्तामा भने कि यदि क्रिस गेलले दुई खेल जितायो भने पैसा खेर जाँदैन ।’

लगातार दुई खेलमा खेलमा म्यान अफ दि म्याच बनेपछि गेलले भने, ‘अब मैले वीरुसँग फेरि कुरा गर्नुपर्छ ।’

यो शतकसँगै क्रिस गेलले टी–२० मा आफ्नो शतक संख्या २१ पुर्याएका छन् । दोस्रो नम्बरमा तीन ब्याट्सम्यान छन् तर, उनीहरुले मात्र ७ शतक बनाएका छन् ।

गेलले आईपीएलमा मात्र ६ शतक हानेका छन् ।

३८ वर्षीय गेल आईपीएलमा यो सिजन आफूलाई सावित गर्न आतुर छन् र रु यो प्रश्नमा उनले भने, ‘म सँधै प्रतिवद्ध रहन्छु । जब मलाई सुरुमा कुनै टिमले लिएनन्, मानिसहरुले भने कि नयाँ टिममा उनले धेरै सावित गर्नु पर्नेछ । तर, लगातार दुई खेलमा म म्यान अफ दि म्याच बने । यो राम्र्रो सुरुवात हो ।’

आफ्नो समयमा विश्वका एकसेएक बलरहरुलाई हायलकायल बनाएका वीरेन्द्र सहवाग पनि गेलसँग सहमत देखिएका छन् । ट्वीटमा गेलको बयान दोहो¥याउँदै उनले भनेका छन्, ‘गेलले भन्ने गर्छन्, मलाई केही सावित गर्नु र्छैन, मैले पहिले नै सबै गरिसकेँ ।’

Related Post