ब्रिटिस अल्फा बेटा कप २०१८ः इन्टर कलेज फुटसल टोर्नामेन्ट

By:Maitri News Published Date: १० बैशाख २०७५, सोमबार १०:१५ at १० बैशाख २०७५, सोमबार १०:१५ Mobile News, Mobile-Top-Ad-Slider, Sports

काठमाडौँ । ‘द ब्रिटिस कलेज’ र ‘अल्फा बेटा इन्सिट्युट प्राइभेट लिमिटेड’ को संयुक्त आयोजनामा ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कलेज फुटसल टोर्नाेमन्ट’ यही २३—२४ अप्रिलदेखि धन्यन्तरी फुट्सल्, धुमबराहीमा हुने भएको छ

यस टोर्नामेन्टका लागि अल नेपाल फुटबल एशोसियसन र रेडबुल लगायत अन्य प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डहरुले प्रायोजित गर्ने भएका छन् । केही मुख्य प्रयोजकहरुमा एनआइसि एसिया बैंक (बैंकिङ पार्टनर), टर्किस एयरलायन्स (एयरलायन्स पार्टनर), दराज नेपाल (अनलाइन सपिङ पार्टनर), इन्टरनेट सेकुरिटी पार्टनर, भायानेट (इन्टरनेट पार्टनर), सुलुक्स सेन्टर (स्टाइल पार्टनर) रहेका छन् ।

द ब्रिटिस कलेजका निर्देशक महेन्द्र कंडेलले भनेको छ, ‘ढिलै भएपनि नेपाली युवाहरुको फुटसलप्रति बढेको उत्साहलाई हामीले केही योगदान गर्न चाहेका हौ । हामीले उनीहरुको टिमवर्क र राम्रो खेलुकदको प्रोमोशन गर्ने आशा लिएका छौ । त्यस्तै विद्यार्थीहरुको कला कौशलको सही सदुपयोग होस् र उनीहरु यस फिल्डमा रमाउन चाहुन् भन्ने हाम्रो चाहना हो ।’

विभिन्न विश्वविद्यालयका १६ अण्डर ग्रयाजुएट कलेजहरुले यस प्रतियोगितामा सहभागिता जनाउने छन् । यस प्रतिस्पर्धामा आइएसएमटी, सफ्टोरिका कलेज, अक्सब्रिज कलेज, काठमाडौँ कजेज अफ म्यानेजमेन्ट, किङ्स कलेज, अर्चिड कलेज, मिड भ्याली कलेज, एपेक्स कलेज, क्याम्पियन कलेज, कलेज अफ एप्लाइड साइनसेन्स, लिटल एन्जेल्स, जेभियर इन्टरनेशनल कलेज, नेशनल कलेज, र ब्रिटिस कलेज रहेका छन् ।

प्रतिस्पर्धी टोलीलाई चार समुहमा विभाजन गरिएको छ ।
समुह ए– लिटल एन्जेल्स बी, जेभियर इन्टर नेशनल बी, आइएसएमटी कलेज, द ब्रिटिस कलेज ए
समुह बी–नेशनल कलेज, अर्किड कलेज। एपेक्स कलेज, मिड भ्याली कलेज
समुह सी–क्याम्पियन कलेज, किंस कलेज, द ब्रिटिस कलेज बी, कलेज अफ एप्लाइड बिजनेश
समुह डी–लिटल एन्जेल्स ए, अक्सब्रिज कलेज, सफ्टोरिका कलेज, जेभियर इन्टरनेशनल कलेज ए

प्रतियोगितामा बिजेता हुने टोलीलाई ५० हजार नगद पुरस्कार सहित गिफ्ट ह्याम्परहरु अल्फा बेटा, टर्किस एयरलाइन्स, दराज नेपाल, इसेट, जुजु वर्यस, सुलक्स सेन्टरले प्रदान गर्नेछन् । त्यस्तै फस्ट रनर अपलाई ३० हजार नगद सहित गिफ्ट ह्याम्पर दिइनेछ ।

Related Post