पुनःनिर्माणमा विलम्ब नगर्न प्रधानमन्त्री ओलीको आह्वान

By:Maitri News Published Date: १२ बैशाख २०७५, बुधबार १०:१५ at १२ बैशाख २०७५, बुधबार १०:१५ Breaking News Main, Mobile News, Mobile-Top-Ad-Slider, News, Slider

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म बनाउँछु मेरो धरहरा’ कार्यक्रम पुनः अघि बढाउने घोषणा गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाद्वारा विहान धरहरामा आयोजित भूकम्प स्मृति सभामा प्रधानमन्त्रीले म बनाउँछु मेरो धरहरा कार्यक्रम सबै नेपालीको नारा हुनुपर्ने बताउनुभयो ।

‘मैले पहिला फागुन ४ मा आव्हान गरेको थिएँ कि म बनाउँछु मेरो धरहरा हरेक नेपालीको नारा हुनुपर्छ । म पुनः भन्दैछु म बनाउँछु मेरो धरहरा सवै नेपालीको नारा बन्नुपर्छ’ उहाँले भन्नुभयो,‘यसका लागि म कोदालो लिएर आउनुपर्छ भने आउँछु । इटा लिएर आउनुपर्छ आउँछु, खर्पन लिएर आउनुपर्छ भने आउँछु । अरु के सहयोग चाहिन्छ, म गर्छु, सवै लागौं ।’

उहाँले सवै लाग्ने हो भने धरहरा निर्माण गर्न धेरै समय नलाग्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भूकम्पलगत्तै उद्धार र राहतमा गरेको सहयोगप्रति छिमेकी मित्रराष्ट्रहरुलाई धन्यवाद दिनुभयो । साथै छिमेकी र अन्तराष्ट्रिय समुदायलाई गरेको प्रतिवद्धता अघि बढाउन र प्रतिवद्धता बढाउन पनि आग्रह गर्नुभयो ।
‘तत्काल पनि सहयोग पुर्याउनुभयो । राहत उपलब्ध गराउनुभयो । म सबैलाई धन्यवाद भन्न चाहान्छु । प्रतिवद्धतामा कमी नहोस् । पुनःनिर्माणका लागि बढी आवश्यक पर्नेभयो, प्रतिबद्धता अझ बढाउनुहोस’ उहाँले भन्नुभयो ।

उहाँले सबैलाई विना विलम्व सिंगोराष्ट्र एकभएर पुनःनिर्माणमा योगदान गर्न आग्रह गर्नुभयो । ‘सभ्यता नमासी, उस्तै देखिने गरी बनाउनुपर्छ । अझ राम्रो बनाउनुपर्छ । देख्ता उस्तै तर वलियो बनाउनुपर्छ’ प्रधानमन्त्रीले भन्नुभयो । उहाँले रानीपोखरी, वसन्तपुर, काष्ठमण्डप लगायतका संरचना तिव्र गतिमा निर्माण गर्न सकिने बताउनुभयो । प्रधानमन्त्रीले भूकम्पमा ज्यान गुमाएका सबैपमा श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थलाभको कामना गर्नुभयो ।
गोरखा केन्द्र बनाएर महाविनाशकारी भूकम्प गएको आज तीन वर्ष पूरा भएको छ । बिनाशकारी भूकम्पको सम्झनामा आज देशभर विविध कार्यक्रम हुँदैछन् ।

Related Post