तिब्बतमा कृत्रिम वर्षा गराउने परियोजना

By:Maitri News Published Date: २० बैशाख २०७५, बिहीबार १२:४६ at २० बैशाख २०७५, बिहीबार १२:४६ Amazing World, Mobile News, Mobile-Top-Ad-Slider

चीनले तिब्बती पठार क्षेत्रमा पर्याप्त कृत्रिम वर्षा गराउन ठूलो परियोजना निर्माण गर्दैछ । तिब्बती पठार एसियाको सबैभन्दा ठूलो ताजा पानीको भण्डार हो । यो परियोजना अन्तर्गत तिब्बती डाँडाहरुमा उल्लेख्य सङ्ख्यामा इन्धन जलाउने च्याम्बरहरु निर्माण गरिन्छ । यो परियोजना सञ्चालनमा आउन थालेपछि तिब्बतमा वार्षिक १० अर्ब क्युविक मिटर वर्षा हुने बताइएको छ । हजारौ च्याम्बरहरु तिब्बती पठारको छानिएको स्थानमा निर्माण गरिनेछ । यो सञ्जाल १६ लाख वर्ग किलोमिटरमा फैलिने छ । जुन विश्वको सबैभन्दा ठूलो परियोजना हुनेछ । यी च्याम्बरहरुमा ठोस इन्धन जलाएर बादल निर्माण गरी वर्षा र हिमपात गराइन्छ । यो परियोजना चीनको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनले सञ्चालन गर्दैछ ।

Related Post