मोदीका लागि बनाइएको स्वागतद्वार हावाहुरीको मारमा

By:Maitri News Published Date: २६ बैशाख २०७५, बुधबार ११:५४ at २६ बैशाख २०७५, बुधबार ११:५४ Local, Main News, Miscellaneous, Mobile News, Mobile-Top-Ad-Slider, News

 

जनकपुरधाम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएको स्वागतद्वार भत्किएको छ ।
धनुषा र महोत्तरीमा बुधबार बिहान आएको बर्षासहितको हावाहुरीले जनकपुर क्षेत्रमा बनाइएको स्वागतद्वार भत्किएका हुन् ।
बुधबार बिहान साढे ३ बजेतिर हावा–हुरीले चलेको थियो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ । हावाहुरीसँगै आएको पानीले रगभूमि मैदानमा पानी जमेको हो ।

Related Post