पैदलमार्गमा राखिने सबै पसल हटाउँदै कामपा, हटाउन नमाने सामान नै जफत गरिने

By:Maitri News Published Date: २६ बैशाख २०७५, बुधबार १३:२१ at २६ बैशाख २०७५, बुधबार १३:२१ Main News, Mobile News, Mobile-Top-Ad-Slider, Social / Cultural


काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्ग फुटपाथका पसल हटाउन शुरु गरेको छ । रत्नपार्कबाट हटाउन शुरु गरिएको पसल केही दिनमा सबै स्थानबाट हटाइसक्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । कामपाका भित्री शहरमा अझ बढी यस्ता पसल सञ्चालन हुँदै आएकाले सडक किनारामा यात्रा गर्ने यात्रुलाई कठिन भएको छ । अव्यवस्थित रुपमा राखिएको पसलले दुर्घटनामा समेत वृद्धि हुनाका साथै हिड्न समेत कठिन भएकाले पसल हटाउन यो अभियान शुरु गरिएको उहाँले बताउनुभयो । नगर प्रहरीको सहकार्यमा पसल हटाउने काम भइरहेको छ, शुरुवातका समयमा सबै स्थानमा नराख्नका लागि सुझाव दिने र त्यसपछि पनि राखेमा प्रहरीले सामग्रीसहित नियन्त्रणमा लिने र पसल राख्नेले जरिवानासमेत बुझाउनुपर्नेछ । अनुमतिबिना नै त्यस्ता पसल सञ्चालनमा हुने भएकाले तिनको संख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन

Related Post