वित्तीय अनुशासन कायम राख्ने गरी बजेट ल्याइने

By:Maitri News Published Date: २६ बैशाख २०७५, बुधबार १५:२२ at २६ बैशाख २०७५, बुधबार १५:२२ Business, Main News, Mobile News, Mobile-Top-Ad-Slider

 

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले सरकारले वित्तिय अनुशासन कायम राख्ने बताउनुभएको छ। आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता बुधबार संसद समक्ष पेश गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

खतिवडाले व्यापार घाटा घटाउने, बजेट प्रणालीलाई सुधार गर्ने, सबै नागरिकलाई स्वास्थ्य बिमा गर्ने लगायतका कुराहरुलाई बजेटको सिद्धान्त र प्राथमिकताको आधारका रुपमा लिएको बताउनुभयो ।

उहाँले सार्वजनिक र निजी विद्यालयहरुमा रहेको शैक्षिक भिन्नता बजेटले अन्त्य गर्ने बताउनुभयो । विकास कार्यान्वयन गर्ने निकायहरुको सुधारको व्यवस्था गरिने उहाँले बताउनुभयो ।उहाँले आगामी बजेट चरम गरिबी र भोकमारी अन्त्य गर्नेतर्फ बजेट उन्मुख हुने बताउनुभयो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित गरिने मन्त्री खतिवडाले बताउनुभयो । उहाँले प्रदेश र स्थानीय तह सञ्चालन गर्नका लागि भौतिक पूर्वाधारको निर्माणमा जोड दिइने गरि बजेट विनियोजन गरिने बताउनुभयो ।

भूकम्पपछिको पूर्ननिर्माणलाई बजेटमा प्राथमिकता दिइने बताउँदै अर्थमन्त्री खतिवडाले आर्थिक अनियमितता र भ्रष्टचारलाई नियन्त्रण गर्ने संस्थाहरूलाई बलियो बनाइने बताउनुभयो ।

यस्तै,मन्त्री खतिवडाले बजेट निर्माणका लागि संसदहरूलाई रचनात्मक सुधार दिन पनि आग्रह गर्नुभयो । उहाँले संसदहरुको सुझाव नीति तथा कार्यक्रम र बजेट कार्यक्रममा मार्गदर्शन हुने विचार व्यक्त गर्नुभयो ।

Related Post