नेपाली हरर्र गीतका गायक समिर हमालको नयाँ आयाम

By:Maitri News Published Date: २८ बैशाख २०७५, शुक्रबार १४:०६ at २८ बैशाख २०७५, शुक्रबार १४:०६ Entertainment, Mobile News, Mobile-Top-Ad-Slider

काठमाडौँ । नेपाली पप तथा आधुनिक संगीतमा हालसम्म हरर्र यानी डरलाग्दो भूतको शैलीको गीत छैन् । यस प्रकारको गीत पनि आवश्यकता भएको र गाउन सकिन्छ भन्ने अवधारणा सहित प्रमाणित गर्ने कार्य गायक समिर हमालवाट भएको छ । त्यो शैलीको गीत नेपालीमा एक दशक अगाडि नै गाएर गायक हमालले विकास गरेको खुलासा भएको हो ।
हरर्र गीत गाएर एक दशक अगाडि देखि चुप बसेका गायक हमालले त्यो बेला खुलाउन नसकेपनि हाल आएर खुलाएका छन् । चाँडै नै एक दशक अगाडि नै रेकर्ड भएको त्यस हरर्र गीतको भिडियो बनाउने तयारीमा गायक हमाल रहेका छन्। संभवत नेपालको पहिलो हरर्र गायकको रुपमा देखा परेका गायक हमालले गाएको हरर्र गीतको बोल नै माया गर्छु म रहेको छ ।
गीत गायनमा बेखवर भएर गीत गाउंदै आएका गायक हमाल विगत डेढ दशक अगाडिवाट क्रियाशील हुंदै आएका गायक हुन्। हमालको पछिल्लो एल्बम थर्ड मन्त्रले विश्वलाई नै आकर्षित बनाएको छ। मन्त्रमा आधारित संगीतको सिर्जना गरेर नयाँ आयाम थपेका गायक हमालको थर्ड मन्त्रले नेपाली तथा विदेशी सवैमाझ लोकप्रिय रहेको छ ।
संगीतमा हरपल नयाँपन तथा नयाँ कुराको सिर्जना गर्न रुचाउने गायक हमालको यही बानीको कारण सवैको प्रिय बन्दैगएका छन्। विस्तारै स्लो मोसनमा अगाडि बढ्दैआएका हमालका अन्य हिट गीतहरुमा वितिजाने, यो स्वार्थी, सपनाहरु, तिमीलाई माया लगायतका गीतहरु रहेका छन् ।
हमाल पचासको दशकको अत्यन्त हिट पप व्याण्ड मेसेन्जर व्याण्डका भोकलिष्ट तथा म्युजिक एरेञ्जर पनि हुन्। हमालले केही दिनअगाडि काठमाडौको टुंडिखेलमा भव्य समारोह वीच भएको ओम विक्रम विष्ट सहयोग कार्यक्रममा पनि गीत गाएका थिए ।
ओम विक्रम विष्टकै हिट गीत म मौनतामा अल्झेको एउटा जीवन वोलको गीत गाएर सवैको वाहवाही पाएका थिए। गीत–संगीत रगत–रगत अनि नशा–नशामा बोक्दै हिडे्का गायक हमाल गायनलाई फरक कोण तथा ढंगवाट अगाडि बढाउने कोशिशमा रहेका छन् ।

Related Post