तेस्रो त्रैमासमा बैङ्क तथा वित्तीय संस्थाको अवस्था राम्रो देखियो—नरबहादुर थापा ,कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

By:Maitri News Published Date: ३१ बैशाख २०७५, सोमबार १२:५५ at ३१ बैशाख २०७५, सोमबार १२:५५ Business Interview, Mobile News, Mobile-Top-Ad-Slider

चालु आर्थिक वर्ष २०७४÷७५ को तेस्रो त्रैमासमा बैङ्क तथा वित्तीय संस्थाले राम्रो मुनाफा गरेका छन् । बैङ्कहरूले आफूसँग लगानी गर्ने रकम छैन भनेर कोलाहल गरिहँदा उनीहरूले प्रस्तुत गरेको वित्तीय विवरणले नसोचेको नाफा हासिल भएको छ । बैङ्कहरूले मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा नबढ्ने र साधारण बचतमा ८ प्रतिशतभन्दा माथि नजाने सहमति गरे । अहिले ब्याजदर स्थिर छ । कतिपयले बैङ्कहरूले ब्याजदरमा सिन्डिकेट लागू गरेको आरोपसमेत लगाए । यसै सन्दर्भमा केन्द्रित रहेर नेपाल राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापासँग गरिएको कुराकानीको संक्षेप :

बैङ्कहरूको तेस्रो त्रैमास सकिएको छ, यसलाईं तपाईंले कसरी हेर्नुभएको छ ?

तरलतामा अघिल्ला वर्षको तुलनामा समस्या भएता पनि कर्जा विस्तार चाहिँ रोकिएको छैन । वार्षिक रूपमा हेर्ने हो भने झण्डै १९ प्रतिशतले कर्जा विस्तार भएको छ । कर्जा विस्तार उल्लेख्य रहेका कारण पनि बैङ्क तथा वित्तीय संस्थाको खासगरी वाणिज्य बैङ्कको मुनाफामा वृद्धि भएको हो । अर्को कुरा सबै बैङ्कहरू नेपाल राष्ट्र बैङ्कको नियमनमा छन् । राष्ट्र बैङ्कले अन्तर्रा्िष्ट्रय असल अभ्यासहरू बैङ्क तथा वित्तीय संस्थामा लागू गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरू अन्य निकायभन्दा पारदर्शी पनि छन् । अनुशासित पनि उत्तिकै छन् । यिनीहरू अरू क्षेत्रका प्रतिष्ठानभन्दा बढी पारदर्शी र अनुशासित भएका कारण मुनाफा वृद्धि सम्भव भएको हो । यस्तै अहिले नेपाल पुनःनिर्माण अर्थात् नव निर्माणमा गएको छ । आयातमा उल्लेख्य विस्तार भएका कारण ट्रस्ट रिसिट लोन, (व्यापार आयात लोन) बढेको हो । २÷३ महिनाका लागि कर्जा लिन्छन् र फेरि रिपेमेन्टक हुन्छ । यसको साइकल हुँदै जान्छ । कर्जा असुली पनि हुन्छ र ब्याज पनि असुली हुन्छ । तीन महिनामा लोन परिपक्व हुन्छ अर्थात आयात बढेको कारणले बैङ्कहरूको मुनाफा बढेको हो । यसैबीच अर्को कारण पनि छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई स्प्रेडदर (कर्जा र निक्षेपको ब्याजदरको अन्तर) ५ प्रतिशतभन्दा मुनि राख्न निर्देशन दिएको छ । अहिले कर्जा, व्याजदर र तरलतामा जुन किसिमको उतार चढाव आएको छ, यो चाहिँ निक्षेपमा दिने ब्याजदरभन्दा कर्जामा लिइने ब्याजदर बढी भएकाले हो । अहिले स्प्रेडदर औषतमा साढे ५ प्रतिशतको हाराहारीमा रहेको छ । यी कारणले बैङ्कको चालु आर्थिक वर्षको नौ महिनामा मुनाफा ३६ अर्ब पुगेको हो । यसो हेर्दा १६–१७ प्रतिशतको मुनाफा देखिन्छ ।

तरलता अभावकै बीच यतिको नाफा बढ्नुलाई स्वभाविक मान्न सकिन्छ ?

यसलाई स्वभाविक नै मान्नुपर्ने हुन्छ किनभने बैङ्क तथा वित्तीय संस्थामा कुनै समस्या आएको छैन । खराब कर्जाको अनुपात अत्यन्त न्यून छ । वाणिज्य बैङ्कहरूको हिसाब किताब गर्दा २ प्रतिशतभन्दा बढी खराब कर्जा छैन । खराब कर्जा नबढ्दा लोन लस प्रोभिजन कर्जा व्यवस्था गर्नु पर्दैन । त्यस कारणले पनि मुनाफा बढेको हो । यदि बैङ्कहरूको खराब कर्जा ५–६ प्रतिशत भएको भए यो स्तरको मुनाफा हँुदैनथ्यो ।

केही समयअघि बैङ्कहरूको ब्याजदरमा निकै उतार चढाव देखियो यसको सन्तुलनका लागि के गर्न सकिएला ?

अहिले अर्थतन्त्रले नयाँ मोड लिइरहेको छ । आर्थिक गतिविधि बढिरहेका छन् । लगानीकर्ताको आत्मविश्वास बढेको छ । यसकारण पनि कर्जाको माग बढेको छ । देश पुनःनिर्माणको चरणमा छ । कर्जा विस्तार हुनु र कर्जाको माग बढ्नु स्वाभाविक हो । यसले पनि बैङ्क तथा वित्तीय संस्थाले विजनेस पाएको अवस्था हो । जुन अन्य क्षेत्रमा देखिँदैन । अहिले परिवर्तित अवस्थाको रिफ्लेक्सन हो जस्तो लाग्छ व्याजदरको उतार चढाव ।

केही महिनायता बैङ्कहरूले खुला बजारलाई बेवास्ता गर्दै ब्याजदरलाई नियन्त्रण गरेका छन् र अहिले ब्याजदर स्थिर छ । यसले अर्थतन्त्रमा कस्तो असर गर्ला ?

जटिल अवस्थामा आए पनि यस्तो हुन आएको हो । यो विस्तारै– विस्तारै हट्छ । बैङ्क तथा वित्तीय संस्थामा स्वस्थ प्रतिस्पर्धा हुन्छ । राष्ट्र बैङ्कको फोकस भनेको बैङ्क तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा नहोस् भन्ने नै हो । सबै कुरा ठिकठाक हुनासाथ यसमा सुधार आउँछ । यतिबेला २० प्रतिशत ब्याजदर बढायो भयो भने त्यो अर्थतन्त्रले धान्न सक्तैन ।

जोखिम छ तर हामीले त्यही जोखिम ननिम्तियोस भनेर कुल पुँजीको २५ प्रतिशत मात्र ल्याऊ भनेर खुला गरेका हौँ । अहिले नेपालमा पर्याप्त मात्रामा विदेशी विनिमय सञ्चिती छ । त्यसैले डराउनपर्ने अवस्था छैन ।

पटक–पटक देखिने तरलताको (लगानीयोग्य रकम) समस्या समाधानका लागि के गर्नुपर्ला ?

तरलताको कमी होइन । तरलता अधिक नै छ । तर निक्षेप चाहिँ कर्जाको तुलनामा बढ्न सकेको छैन । झण्डै १९ प्रतिशत कर्जाको विस्तार छ भने निक्षेपको वृद्धिदर १५ प्रतिशत छ । निक्षेप र कर्जा बीचको असन्तुलनका कारणले नै ब्याजदरमा उतार चढाव देखिएको हो । अहिले राष्ट्र बैङ्कमा २० अर्ब अधिक तरलता छ । यो पर्याप्त हो । समस्या समाधान हुँदै गएको छ । नेपाल सरकारको पुँजीगत खर्च पनि बढ्दै गएको छ ।

अहिले बैङ्कहरूले विदेशी संस्थासँग ऋण लिइरहेका छन् । यो दीर्घकालीन समाधान हो ?

पक्कै पनि यो दीर्घकालीन समाधान हो । यदि आन्तरिक रूपमा वित्तीय सञ्चालन गर्न सकिँदैन र छैन भने विदेशी बचत पनि हाम्रो जस्तो देशमा प्रयोग गर्नुपर्ने हुन्छ । यसलाई दृष्टिगत गरेर राष्ट्र बैङ्कले बाह्य कर्जा लिन सक्ने द्वार खोलेको हो ।

यदि बैङ्कहरूले तिर्न सकेनन् भने जोखिम पनि उत्तिकै देखिन्छ नि होइन ?

जोखिम छ तर हामीले त्यही जोखिम ननिम्तियोस भनेर कुल पुँजीको २५ प्रतिशत मात्र ल्याऊ भनेर खुला गरेका हौँ । अहिले नेपालमा पर्याप्त मात्रामा विदेशी विनिमय सञ्चिती छ । त्यसैले डराउनपर्ने अवस्था छैन ।

विदेशी विनिमय सञ्चिती कति छ ?

अहिले १ हजार ४९ अर्ब विदेशी विनिमय सञ्चिती छ । त्यो भनेको ११ महिनाको वस्तु आयात धान्न पर्याप्त छ । यो उल्लेख्य नै मान्नुपर्छ । ८ महिनाको विदेशी विनिमय सञ्चितीलाई हामीले पर्याप्त मान्दछौँ तर अहिले ११ महिनालाई पुग्ने जति छ । बैङ्कले विदेशबाट ऋण लिँदैमा विदेशी विनिमय सञ्चितीमा चाप पर्छ भन्ने होइन ।

तेस्रो त्रैमासमा पनि ३र४ वटा बैङ्कले राष्ट्र बैङ्कले तोकेको चुक्ता पुँजी पु¥याउन सकेनन्, अब के हुन्छ ?

२८ मध्ये २५ वटा वाणिज्य बैङ्कको चुक्तापुँजी पुगेको छ । तीनवटा चुक्तापुँजी पु¥याउने चरणमा छन् । लगभग समस्या समाधान भयो भन्दा हुन्छ ।

Related Post