लक्ष्मी बैंकको दुई नयाँ शाखा महोत्तरी र रामेछापमा

By:Maitri News Published Date: १ जेष्ठ २०७५, मंगलवार ११:४९ at १ जेष्ठ २०७५, मंगलवार ११:४९ Business, Main News, Mobile News, Mobile-Top-Ad-Slider


काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा महोत्तरीको मनरा र रामेछापको खा्रंडादेवी गाउपालीकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ ।
यी थप शाखाहरुको साथ,लक्ष्मी बैंकको शाखा संजाल ८२, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्गअनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यीशाखाहरुका साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापकबनाउने विश्वास राखेको छ ।
यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथाग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
आ.व. २०७३÷७४मा ५९.३२ अरब निक्षेप र ५२.७३ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमाखुदमुनाफाआर्जन गर्न सफलभएको छ, जुन अघिल्लो वर्षको सोहीअवधिको तुलनामा २७प्रतिशतले बढी हो । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामकव्यवस्थाअनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागिउत्साहजनक रुपमा रहेका छन् ।
सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्नआवधिकतथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसायकर्जा सेवाहरु प्रदान गरी व्यक्तीगततथा सानाव्यवसाय बैंकिङ्ग सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी सानाव्यवसायकर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशकाविभिन्न क्षेत्रका सानातथा लघु उद्यमीतथा कृषकहरुलाई सरल रुपमाकर्जा प्रवाहगर्नुका साथै वित्तीय सेवातथा सल्लाहप्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको छ ।
आगामी दिनहरुमा बैंकले अझ धेरै शाखाअनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।

Related Post