काठमाडौँ—केरुङ रेलमार्गबारे अध्ययन हुँदै

By:Maitri News Published Date: १ जेष्ठ २०७५, मंगलवार १२:५६ at १ जेष्ठ २०७५, मंगलवार १२:५६ Business, Main News, Mobile News, Mobile-Top-Ad-Slider

केरुङ । चीनको केरुङबाट नेपालकोकाठमाडौँसम्म रेलमार्ग निर्माणको प्रारम्भिक अध्ययन तीन महिनामा सकिने हालै चीन पुगेर फर्किएका नेपाली अधिकारीहरूले बताएका छन्।
भौगोलिक हिसाबले गाह्रो र महँगो पर्न सक्ने भनिएको सो रेलमार्गको लगानीको प्रारूप चाहिँ प्रधानमन्त्री केपी ओलीको प्रस्तावित चीन भ्रमणमा तय हुने बताइएको छ।
चीनको राष्ट्रिय रेल प्रशासनले केरुङ—काठमाडौँ रेलमार्गबारे अध्ययन थालिसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

नेपाललाई रेलमार्गबाट जोड्न विगतको सरकारले चीनसँग गरेको समझदारी अनुसार गत हप्ता चिनियाँ प्राविधिक टोलीसँग नेपाली उच्चस्तरीय टोलीले चीनमा छलफल गरेको थियो।

Related Post