बजेट र नीति तथा कार्यक्रममार्फत मधेशको चाहना सम्बोधन हुनेछ : प्रम

By:Maitri News Published Date: १ जेष्ठ २०७५, मंगलवार १६:४१ at १ जेष्ठ २०७५, मंगलवार १६:४१ Breaking News Main, Main News, Mobile News, Mobile-Top-Ad-Slider, News

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममार्फत मधेशको विकास तथा समृद्धिको चाहना सम्बोधन गर्ने बताउनुभएको छ ।
मंगलबार प्रदेश २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको ज्ञापनपत्र बुझेपछि ओलीले मैथिली भाषामा ट्विट गर्दै मधेशको भावना सम्बोधन गर्ने बताउनुभएको हो ।
ओलीले प्रदेश २ का सांसदहरुको सर्वदलीय प्रतिनिधिमण्डलसँगको भेटपछि लगातार तीनवटा ट्विट गर्नुभएको छ। जसमध्ये उहाँले मैथिली भाषामा दुईवटा ट्वीट गर्दै मधेशको मन जित्न खोज्नुभएको छ ।

Related Post