रुसले बनायो युरोपकै लामो पुल

By:Maitri News Published Date: ३ जेष्ठ २०७५, बिहीबार ११:५४ at ३ जेष्ठ २०७५, बिहीबार ११:५४ Amazing World, Mobile News, Mobile-Top-Ad-Slider, Slider


रुसले युरोपकै लामो पुल बनाएको छ । यो पुलले क्रिमियालाई रुसको मूल भूमिसँग जोड्छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफैले ट्रक चलाएर पुलको उद्घाटन गरे । १९ किलोमिटर लामो यो पुलमा दुई भाग छ । एक भागमा गाडी र अर्को भागमा रेल गुड्ने बनाइएको छ । यहाँ पुल बनाउने सोच १९ औँ शताब्दीको अन्त्यमा बनाएको थियो । दोस्रो विश्वयुद्धमा आक्रमणकारी जर्मनीले पुल बनाउन सुरु गरेको थियो । पछि सोभियत सङ्घले जर्मनीलाई हराएपछि काम रोकियो । पछि सोभियत सङ्घले पुल बनाउन थाले पनि कठिन समुद्री पिँध र विषम हिउँदे मौसमले सफल भएन । सन् २०१४ मा क्रिमियालाई रुसमा विलय गराएपछि सन् २०१५ को मेदेखि पुल निर्माण सुरु गरिएको हो ।

Related Post