पोखरीमा डुबेर चार बालिकाको मृत्यु

By:Maitri News Published Date: ७ जेष्ठ २०७५, सोमबार १५:५५ at ७ जेष्ठ २०७५, सोमबार १५:५५ Main News, Mobile News, Mobile-Top-Ad-Slider

 

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मा पोखरीमा डुबेर चार बालिकाको मृत्यु भएको छ ।

नौखनिया पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिल्लीनारायण पाण्डेका अनुसार मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षकी साहिमा खातुन र मुदिना खातुन र १४ वर्षीय साहिया खातुन र अविदा खातुन रहेका छन् ।

मृतक बालिकाहरुलाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

Related Post