१०४ वर्षीय वैज्ञानिकद्वारा स्वेच्छिक देहत्याग

By:Maitri News Published Date: १३ जेष्ठ २०७५, आईतवार १४:०८ at १३ जेष्ठ २०७५, आईतवार १४:०८ Amazing World, Mobile News, Mobile-Top-Ad-Slider

१०४ वर्षीय वैज्ञानिक डेभिड गुडलले स्विजरल्यान्डको क्लिनिकमा स्वेच्छिक देहत्याग गरेका छन् । उनले सो क्लिनिकमा आफ्नो देहत्यागका लागि चयन गरेका हुन् । वातावरण र वनस्पति क्षेत्रको अध्ययनमा सक्रिय उनी कुनै पनि रोगले ग्रसित थिएनन् । उनले आफ्नो जीवनको सबै गुणहरुको मूल्याङ्कन गरी देहत्यागको निर्णय गरेका हुन् । आफ्नो देहत्याग गर्न गुडल अस्ट्रेलियाबाट स्विजरल्यान्ड गएका थिए । आफ्नो मृत्युभन्दा केही समयअघि उनले आफ्नो जीवनको समाप्ति गर्न पाउँदा खुसी लागेको बताएका थिए । स्विजरल्यान्डमा स्वेच्छिक देहत्यागलाई कानुनी मान्यता दिइएको छ । अस्ट्रेलियामा भने स्वेच्छिक देहत्याग गर्न कुनै रोग लागेको हुनुपर्ने प्रावधान राखिएको छ ।

Related Post