अन्तरिक्षमा लक्जरी होटल

By:Maitri News Published Date: २१ जेष्ठ २०७५, सोमबार १२:१४ at २१ जेष्ठ २०७५, सोमबार १२:१४ Amazing World, Mobile News, Mobile-Top-Ad-Slider


अमेरिकाले अन्तरिक्षमा लक्जरी होटल बनाउँदै छ जसमा सम्पूर्ण सेवा सुविधा हुनेछन् । यो होटलको नाम औरारा स्टेसन राखिनेछ । उक्त होटलमा १२ दिने यात्रामा पुगेका अन्तरिक्ष यात्रामा संलग्न दुई चालकसँगै छ जना मानिसलाई आरामसँग बस्नसक्ने बनाइने छ । यो होटल सन् २०२२ सम्म तयार हुनेछ । १२ दिनसम्म बस्नका लागि अन्तरिक्ष पर्यटकले ९५ लाख डलर तिर्नुपर्नेछ । यो होटल निकै आरामदायी हुनेछ । होटलले हरेक ९० मिनेटमा पृथ्वीको परिक्रमा गर्नेछ । होटलमा बस्ने पाहुनाले हरेक २४ घण्टामा लगभग १६ पटक सूर्योदय र सूर्यास्त देख्नेछन् ।

Related Post