विश्वकप फुटबलको २१ औँ संस्करण, ३२ देश सहभागी

By:Maitri News Published Date: ३१ जेष्ठ २०७५, बिहीबार १०:१९ at ३१ जेष्ठ २०७५, बिहीबार १०:१९ Breaking News Main, Main News, Mobile News, Mobile-Top-Ad-Slider, Sports

मस्को । विश्व फुटबल आजदेखि रसियाको मस्कोमा सुरु हुँदैछ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन् ।

रसियाको लुझनिकी स्टेडियममा रसिया र साउदी अरेबियाबीच विश्वकप २०१८ को उद्घाटन खेल हुनेछ । खेलका लागि अर्जेन्टिनाका नेस्टर पिटानाले रेफ्रीको रुपमा खेल सञ्चालन गर्ने छन् ।

खेलमा जुआन पयाब्लो बेल्लाटी र हेर्नान माइडाना सहायक रेफ्र्री हुनेछन् । यस्तै ब्राजिलका सान्द्रो रिक्की चौथो अफिसियलको जिम्मेवारी दिइएको छ ।

रसिया विश्वकपमा यसपालिदेखि भिडियो एसिस्टेन्ट रेफ्री ९भिएआर० प्रविधिको पनि प्रयोग हुनेछ । उद्घाटन खेलमा भिएआर टोलीमा इटालीका म्यासिमिलिआनो इर्राटी, अर्जेन्टिनाका माउरो भिजलियानो, चिलीका कार्लोस एस्ट्रोजा र इटलीका ड्यानियल ओर्साटो रहेका छन् ।

यससँगै नेस्टर पिटाना अर्जेन्टिनाबाट दुई विश्वकपमा सहभागी हुने दोस्रो रेफ्री बन्ने भएका छन् । यसअघि पिटाना २०१४ मा ब्राजिलमा भएको विश्वकपमा पनि सहभागी भएका थिए । यसअघि नोर्बरटो कोइरेज्जा अर्जेन्टिनाबाट दुई विश्वकपमा सहभागी भएका थिए ।

रसियाका विभिन्न १२ स्थानमा सञ्चालनहुने विश्वकपका ६४ खेलहरुका लागि ३६ रेफ्री, ६३ सहायक रेफ्री र १३ भिडियो एसिस्टेन्ट रेफ्री रहनेछन ।

Related Post