संसारको सबैभन्दा ठूलो मोती

By:Maitri News Published Date: ५ असार २०७५, मंगलवार १३:०९ at ५ असार २०७५, मंगलवार १३:०९ Amazing World, Mobile News, Mobile-Top-Ad-Slider


ताजा पानीमा पाइने संसारको सबैभन्दा ठूलो मोती लिलाम बढाबढमा तीन लाख २० हजार युरोमा बिक्री भएको छ । स्लिपिङ लायन अर्थात् सुतिरहेको सिंह नाम दिइएको उक्त मोतीको लम्बाइ सात सेन्टिमिटर छ भने तौल १५३ ग्राम छ । कुनै बेला त्यो मोती रुसी महारानी क्याथरिन द गे्रटको स्वामित्वमा थियो । नेदरल्यान्ड्सको हेगस्थित लिलाम घरका अनुसार २४० वर्षमा पहिलो पल्ट उक्त मोती लिलामीका लागि राखिएको थियो । युरोप पुग्नुअघि सन् १७०० देखि १७६० को बीचमा चीनमा उक्त मोती निर्माण भएको अनुमान गरिएको छ ।

Related Post