झ्यालविनाको हवाइजहाज

By:Maitri News Published Date: १५ असार २०७५, शुक्रबार १४:३९ at १५ असार २०७५, शुक्रबार १४:३९ Amazing World, Mobile News, Mobile-Top-Ad-Slider


संयुक्त अरब इमिरेट्सको इमिरेट्स एयरलाइन्सले झ्यालविनाको हवाइजहाज बनाएको छ । इमिरेट्स एयरलाइन्सका प्रमुख सर टिम क्लार्कका अनुसार आउँदा वर्षहरुमा झ्याल नभएका जहाजको कुरा यथार्थमा परिणत हुनेछ । परीक्षणको रुपमा हालै एयरलाइन्सले भm्यालविनाको विमानको उडान भरेको छ । झ्यालको सट्टा फाइवर अप्टिक्समार्फत जडित क्यामराको एक प्रणालीको माध्यमले यात्रुहरुलाई बाहिरको दृश्यहरु देखाइएको थियो । विमानलाई थप बलियो बनाउन यो प्रविधि अपनाइएको हो । झ्यालविनाको विमान बलियो साथै वजनसमेत कम हुने र तीव्र गतिमा उडान भर्ने हुँदा इन्धनकोसमेत खपत हुने विमान विज्ञ बताउँछन् ।

Related Post