विश्वकै महंगो टेबुल,१ अर्ब २६ करोडमा बिक्री

By:Maitri News Published Date: १६ श्रावण २०७५, बुधबार १५:३१ at १६ श्रावण २०७५, बुधबार १५:३१ Amazing World, Main News, Mobile News, Mobile-Top-Ad-Slider


बेलायतको लन्डनमा बहुमूल्य वस्तुहरुको कला प्रदर्शनी भएको छ । सो प्रदर्शनीमा चार सय वर्ष पुरानो एउटा टेबुल १ अर्ब २६ करोडमा बिक्री भएको छ । सन् १५६८ मा फ्लोरेन्सको राजगद्दीका उत्तराधिकारी फ्रान्सेस्को डी मेडिसीले विख्यात कलाकार तथा आर्किटेक्ट जर्जियो वासारीबाट उक्त टेबुल तयार पारेका थिए । यो टेबुल यति बहुमूल्य हुनुमा यसको ऐतिहासिकताको साथै विशेष प्रविधिको कारण हो । यो टेबुल पियत्रे ड्युरे नामको प्रविधिको सहयोगमा तयार पारिएको हो । यसमा निकै पातला तथा बहुमूय कलात्मक पत्थर सयौँको संख्यामा जडान गरिएका छन् । १० वर्ष लगाएर यो टेबुल तयार पारिएको हो ।

Related Post