डा. केसीसँग भएको सहमति तत्काल कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

By:Maitri News Published Date: २६ श्रावण २०७५, शनिबार १७:३१ at २६ श्रावण २०७५, शनिबार १७:३१ Breaking News Main, Mobile News, Mobile-Top-Ad-Slider, News, Slider

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा। गोविन्द केसीसँग भएको सहमति तत्काल कार्यान्वयन हुने बताउनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेका डा। केसीलाई प्रधानमन्त्री ओलीले सहमति कार्यान्वयन गर्न सरकार तयार रहेको बताउनुभएको हो । डा। केसी र उहाँका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री ओलीले सहमति कार्यान्वयनमा भइरहेको प्रगतिबारे शिक्षामन्त्रीसँग जानकारी लिने आश्वासन दिनुभएको डा। केसीका सहयोगी डा। अभिषेकराज सिंहले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीसँगको छलफलमा यस पटक पनि आफूले उठाएका माग सम्बोधन नभए १६ औं पटक अनसन बस्न तयार रहेको बताउनुभएको थियो । डाक्टर गोविन्द केसीले आफ्नो १५औँ अनसनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुन अनशनमा बस्ने चेतावनी दिनु भएको छ । गत मङ्गलबार पत्रकार सम्मेलन गरी आफ्नो माग सम्बोधनका लागि सरकारले कुनै पहल नगरेको भन्दै डा। केसीले गुनासो गरेपछि प्रधानमन्त्रीले छलफलका लागि आज बोलाउनुभएको डा। सिंहले जानकारी दिनुभयो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले डाक्टर केसीसँग गरिएका सहमति कार्यान्वयन गर्न तयार रहेको र अर्को अनशन बस्नुपर्ने अवस्था नआउने बताउनु भएको थियो । दुई घण्टासम्म चलेको वार्ताका क्रममा डाक्टर केसीले आफूसँग सरकारले गरेको सहमतिपत्र अनुमोदन गरेर संसदमा पेश गर्न आग्रह गरेको केसीका सहयोगी डा। सिंहले जानकारी दिनुभयो । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै आउनु भएका डा। केसीसँग सरकारले गत १० गते ९ बुँदे सहमति गरेको थियो । सोही सहमति अनुसार अघि बढाइएको चिकित्सा शिक्षा विधेयक संसदमा विचाराधीन छ । प्रतिनिधि सभाले विधेयक दफावार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएपनि समितिले अझै बैठक बोलाएको छैन ।

Related Post