साहित्यको नोबेल पुरस्कार बिजेता नायपालको निधन

By:Maitri News Published Date: २७ श्रावण २०७५, आईतवार ११:४४ at २७ श्रावण २०७५, आईतवार ११:४४ Literature, Mobile News, Mobile-Top-Ad-Slider


काठमाडौं । साहित्यको नोबेल पुरस्कार विजेता वीएस नायपालको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा लण्डनस्थित आफ्नै घरमा निधन भएको बीबीसीले पारिवारिक स्रोतलाई उल्लेख गर्दै समाचार लेखेको छ ।
उनलाई सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो । पुरस्कार पाएपछि सम्बोधनका क्रममा उनले आफ्ना पुर्खा नेपालबाट आएको हुनसक्ने बताएका थिए ।
भारतीय मूलका नायपालको जन्म १९३२ मा ट्रिनिडाडमा भएको थियो । ट्रिनिडाडमा हुर्किएका उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए ।
‘द बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ उनका चर्चित कृति हुन् ।

Related Post