विराटनगर महानगरपालिकामा बम विस्फोट

By:Maitri News Published Date: २७ श्रावण २०७५, आईतवार १६:२१ at २७ श्रावण २०७५, आईतवार १६:२१ Crime, Main News, Mobile News, Mobile-Top-Ad-Slider

विराटनगर । विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो । बिस्फोटबाट कोही पनि घाइते नभएको बताइएको छ ।

बिस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन।बम बिस्फोट हुँदा मेयरको कार्यकक्षमा उपमेयर इन्दिरा कार्की लगायत केही वडा अध्यक्षहरु उपस्थित थिए।

अहिले प्रहरीले महानगरपालिकाभित्र कसैलाई पनि प्रवेश गर्न दिएको छैन। बिस्फोटनबाट कार्यालयका झ्यालका सिसाहरु फुटेका छन्।

मोरङ प्रहरीका प्रमुख एसपी मनोज केसीले संलग्न केहीलाई नियन्त्रणमा लिएको बताउँदै उनले तत्काल नाम सार्वजनिक नगर्ने जनाएका छन् ।

Related Post