अब अन्तरिक्षमा पनि सेना

By:Maitri News Published Date: ६ भाद्र २०७५, बुधबार १४:१६ at ६ भाद्र २०७५, बुधबार १४:१६ Amazing World, Main News, Mobile News, Mobile-Top-Ad-Slider


अमेरिकाले अन्तरिक्षमा पनि सेना राख्ने भएको छ । जल,स्थल र वायु सेनाले मजबुत बनेको अमेरिका अब अन्तरिक्षमा पनि सेना राख्ने तयारीमा लागेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालय पेन्टागनलाई अन्तरिक्ष सेना तयार पार्न आदेश दिएका छन् । अन्तरिक्ष सेना अमेरिकी सेनाको छैटौँ शाखा हुनेछ । यसले अन्तरिक्षमा अमेरिकी दबदबालाई सुनिश्चित गर्नेछ । अन्तरिक्ष सेनाको गठन केबल रोजगारीका लागिमात्र नभएर अमेरिकी जनताको मनोविज्ञानका लागि पनि उत्कृष्ट कार्य हुने ट्रम्पको दावी छ ।

Related Post