बेलायतमा कुकुरलाई जागिर
बेलायतमा एउटा स्कुलले कुकुरलाई कर्मचारीका रुपमा भर्ना गरेको छ । सोला नामको सो कुकुरले स्कुलमा फुलटाइम ड्युटी गर्दछ । सोला हरेक बिहान स्टाफ बैठकमा सहभागी हुन्छ र त्यसपछि विद्यार्थीहरुसँग भेटघाट गर्दछ । परीक्षाका बेला विद्यार्थीहरुको तनाव कम गर्नु यो कुकुरको मुख्य काम हो । यसले आत्तिएका वा समस्याका परेका विद्यार्थीहरुको पहिचान गर्नसक्छ । स्कुलका प्रधानाध्यापकका अनुसार सोलाले आफ्नो काम दक्षतापूर्वक गर्दै आएको छ । उनका अनुसार एकजना छात्रा परीक्षा अगाडि निकै डराएकी थिइन् र परीक्षा हलमा समेत बस्न चाहदैनथिन् तर सोलासँग भेटेपछि ती छात्राको तनाव कम भयो र खुसीसाथ परीक्षा दिइन् । सोलाले स्कुलको समयमा कोठाकोठा निरीक्षण गर्छ र तनावमा रहेका विद्यार्थीको मन बहलाउने काम गर्छ ।